१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रियुगाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी



अ+ अ-

उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसका उम्मेदवार वसन्त बस्नेत १३ हजार ९५९ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार भागवत राउले ११ हजार ८७३ मत पाएका छन् । त्यसैगरी सो नगरपालिकाका पूर्वप्रमुख नेकपा (एकीकृत समाजवादी) का बलदेव चौधरीले नौ हजार १४७ मत हासिल गरे ।

यस्तै उपप्रमुखमा एमालेकी उम्मेदवार महेश्वरी राई १३ हजार ७०३ मत ल्याई निर्वाचित भइन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी सरिता राई ११ हजार ९८१ मत ल्याई पराजित भइन् । माओवादी केन्द्रकी गीता खड्काले छ हजार ५६८ मत प्राप्त गरिन् ।

कूल १६ वडा रहेको त्रियुगामा कांग्रेसले ९, एमालेले ४ र माओवादी केन्द्रले ३ वटा वडा जितेका छन् । सो नगरमा निर्वाचन समाप्त भएको ११ दिनपछि मात्र मतगणना सुरु भएको थियो ।

वडा नं १२ मा विवाद सुरु भएपछि समयमै मतगणना हुनसकेको थिएन । यद्यपि पछि निर्वाचन अयाोगले यथास्थितिबाटै मतगणना सुरु गर्न निर्देशन दिएपछि जेठ १० देखि मतगणना सुरु भएको थियो ।