१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलात्कार मुद्दामा हदम्याद हटाउन मागसहित संसदमा संकल्प प्रस्ताव दर्ता



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरू डा. डिला संग्रौला, सुजाता परियार, प्रमिला राई र रंगमती शाहीले बलात्कार मुद्दामा हदम्याद हटाउन मागसहित संघीय संसद सचिवालयमा संकल्प प्रस्ताव दर्ता गरेका छन् ।

सांसदद्वारा दर्ता गरिएको संकल्प प्रस्तावमा जबर्जस्ती करणीको शिकार भएका व्यक्ति मानसिक रूपमा विक्षिप्त हुने भएकाले तत्कालै उजुर र आफूमाथि भएका पीडाको बारेमा आवाज उठाउन नसक्ने उल्लेख छ ।

यस्तै, पीडितको हकको संरक्षण गर्न नसक्ने कानुनलाई न्यायोचित मान्न नसकिने उल्लेख गर्दै प्रस्तावमा समय सापेक्ष कानुनको परिवर्तन आवश्यकता रहेको जोड समेत दिइएको छ ।