१ असार २०८३, सोमबार
,
Latest
सरकारका गतिविधि र मन्त्रीहरूका अभिव्यक्तिप्रति प्रमुख सचेतक दुलालको आपत्ति भिक्षु पन्नाकरद्वारा स्वयम्भू महाचैत्यको दर्शन गण्डकी प्रदेशले ल्यायाे ३२ अर्ब ९९ करोड ९९ लाखकाे बजेट सरकार गैरजिम्मेवार बनेको सांसद अध्यक्ष राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना परराष्ट्रमन्त्री खनाल र सिपिसी विदेश विभाग प्रमुख लिउबिच भेटवार्ता, के-के भयाे कुराकानी ? अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी महासन्धि अनुमोदन गरेको १६ वर्षपछि ६ वटा सम्पदा परे राष्ट्रिय सूचीकरणमा एमाले कुनैपनि छानबिन र अग्नि परीक्षा सामना गर्न तयार छः सांसद बराल मन्त्रीहरू अनुपस्थित भएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित सरकारको विकास बजेट कार्यान्वयन निराशाजनक, पुँजीगत खर्च लक्ष्यभन्दा धेरै पछाडि रोजगार सेवा केन्द्र र निजी क्षेत्रबीच सहकार्य बढाउन सरोकारवालाको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलात्कार मुद्दामा हदम्याद हटाउन मागसहित संसदमा संकल्प प्रस्ताव दर्ता



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरू डा. डिला संग्रौला, सुजाता परियार, प्रमिला राई र रंगमती शाहीले बलात्कार मुद्दामा हदम्याद हटाउन मागसहित संघीय संसद सचिवालयमा संकल्प प्रस्ताव दर्ता गरेका छन् ।

सांसदद्वारा दर्ता गरिएको संकल्प प्रस्तावमा जबर्जस्ती करणीको शिकार भएका व्यक्ति मानसिक रूपमा विक्षिप्त हुने भएकाले तत्कालै उजुर र आफूमाथि भएका पीडाको बारेमा आवाज उठाउन नसक्ने उल्लेख छ ।

यस्तै, पीडितको हकको संरक्षण गर्न नसक्ने कानुनलाई न्यायोचित मान्न नसकिने उल्लेख गर्दै प्रस्तावमा समय सापेक्ष कानुनको परिवर्तन आवश्यकता रहेको जोड समेत दिइएको छ ।