• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   ओली र बालेनको दिनभर वाकयुद्ध, साँझ परेपछि बालेनले भने– गुड नाइट केपी बा ! ★   टुँडिखेल, तीनकुने र हाँडीगाउँमा काठमाडौँ महानगरपालिकाले ‘टि ट्वान्टी विश्वकप’ खेलको ‘नि:शुल्क प्रत्यक्ष प्रदर्शन’ गर्ने ★   टि -२० क्रिकेट विश्वकपमा सहभागी हुन अमेरिका पुगेको नेपाली टिमलाई राष्ट्रपतिको शुभकामना ★   ‘विपत्तिका बेला नागरिकको ज्यान जोगाउन ऐनकानुन नखोजौँ’ ★   लोकतन्त्रले थिचोमिचो स्वीकार्दैनः पूर्वराष्ट्रपति डा यादव ★   एमाले मकवानपुरको अध्यक्षमा पोखरेल ★   अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ मङ्गलबार छिचोलिने ★   आयरल्याण्डविरुद्धको खेलअघि भारतका शीर्ष खेलाडीसँग रिसाए इरफान पठान ★   काठमाडौंका मेयर साहलाई काम गर्न दिनुपर्छ: काँग्रेस सांसद भण्डारी ★   सुझाव दिएकै भरमा एमाले र माओवादीबीच खटपट शुरु भयो भन्ने होइनः महेश बर्तौला

नगरसभाको बैठक लाइभ गर्ने मेयर बालेन साहको पहिलो निर्णय



काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन्द्र साह (बालेन) ले नगरसभाको बैठक लाइभ गर्ने निर्णय गरेका छन् । महानगरपालिकाको निर्वाचनका बेला आफू विजयी भए नगरसभाको बैठक लाइभ गर्ने बताउँदै आएका साहले पद तथा गोपनीयताको सपथ लिएलगत्तै बसेको पहिलो बैठकमा आफ्नो प्रतिबद्धताअनुरुप पहिलो बैठक नै लाइभ गर्ने निर्णय गरेका छन् ।

नगरसभाको पहिलो बैठक आजै ४ बजेका लागि बोलाइएको छ । सो बैठक लाइभ हुने उनले बताए । प्रमुख साहले काठमाडौँ महानगरको फोहोर व्यवस्थापन आफ्नो पहिलो प्राथमिकतामा रहेको बताए । महानगरबासीले गरेको पापको भोगी सिसडोलबासी भएको भन्दै उनले भने, “हाम्रो फोहोरले गर्दा सिसडोलवासी क्यान्सरपीडित हुनुभएको छ, छालाको रोग भएको छ । त्यत्रो मान्छे मरिरहनु भएको छ । यो शोक मनाउने बेला हो ।”

फोहोर व्यवस्थापन नभएसम्म, सिसडोलबासीलाई स्वच्छ वातावरणमा बस्ने वातावरण नभएसम्म र उनीहरुले बाँच्न पाउने अधिकार नभएसम्म आफूहरुले केही नगर्ने उनीहरुलाई भनेको साहले बताए ।