• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्रिय राजनीतिमा तमासा हेरिरहेका छौँः अध्यक्ष नेपाल ★   प्रधानमन्त्रीलाई काँग्रेस नेता कोईरालाको प्रश्नः कति पटक विश्वासको मत लिनुहुन्छ ? ★   आईपीएलमा आजः को पुग्ला प्लेअफमा, चेन्नई कि बैंगलोर ? ★   सडकमा एक्लै घुम्न चाहन्छन् कोहली, तर फ्यानहरुले घेर्छन् भनेर डरले… ★   बेलायती प्रधानमन्त्रीले पहिलोपटक टेन डाउनिङमा नेपाली समुदायलाई सम्बोधन गर्दै ★   एक सय दुई वर्षमा आँखाको ज्योति फर्किएपछि… ★   संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे ★   जति पटक लिनुपरे पनि विश्वासको मत पाउँछु: प्रधानमन्त्री ★   व्यक्ति केन्द्रित समिति गठन हुँदैन – एमाले उपाध्यक्ष पोखरेल ★   जीवनको भोगाई स्मरण गर्दै विजयले भने – यस्तो दिन पनि देखेँ जब खानका लागि केही…

बजेट चालू आर्थिक वर्षमा ११ खर्व ५२ करोड राजस्व परिचालन गर्ने अनुमान



काठमाडौं । सरकारले चालू आर्थिक वर्षमा ११ खर्व ५२ करोड राजस्व परिचालन गर्ने अनुमान गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आईतबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नु भएको सरकारको आगामी आर्थिक वर्षको बजेटमा सो कुरा उल्लेख गरिएको हो ।

अर्थमन्त्री शर्माले कोभिड महामारीको विषय परिस्थितिमा पनि हालसम्मको राजस्व संकलनको अवस्था सन्तोषजनक रहेको बताउनु भयो । उहाँले चालू आर्थिक वर्षको राजस्व परिचालन लक्ष्य अघिल्लो वर्षको तुलनामा १८ प्रतिशत बढि भएको पनि बताउनु भयो । उहाँले भन्नु भयो, ‘कोभिडको विषय परिस्थितिमा पनि हालसम्मको राजस्व संकलन अवस्था सन्तोषजनक रहेको छ ।

चालू आर्थिक वर्षमा राजस्व परिचालन लक्ष्यको हाराहारीमा नै रही रु ११ खर्व ५२ अर्व ४२ करोड संकलन हुने अनुमान छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १८ प्रतिशतले बढि हो । चालू आर्थिक वर्ष वैदेशिक सहायतातर्फ अनुदान रु २४ अर्व ८१ करोड र ऋण रु १ खर्व ७२ अर्व ८८ करोड परिचालन हुने अनुमान गरिएको छ । चालू आर्थिक वर्षको बैशाख मसान्तसम्म रु १ खर्व ३५ अर्व आन्तरिक ऋण उठाई सकिएको छ । चालू आर्थिक वर्षमा रु २ खर्व ३१ अर्व ३० करोड आन्तरिक ऋण परिचालन हुने अवस्था रहेको छ । ’