२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु, अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

औलो क्रमशः नियन्त्रणमा



अ+ अ-

काठमाडौँ । आर्थिक सर्वेक्षणमा औलो नियन्त्रण हुँदै गएको उल्लेख गरिएको छ । चालु आर्थिक वर्षको फागुनसम्म एक लाख आठ हजार ३८८ जनामा गरिएको परीक्षणमा ३५६ जनामा औलो देखिएको थियो । सर्वेक्षणमा अघिल्लो वर्षको तुलनामा औलोका बिरामी केही घटेको देखिएको जनाइको छ ।

सर्वेक्षणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोषण केन्द्रमा आर्थिक वर्ष २०७७/७८ मा ७४० मिर्गौला र छ बिरामीको कलेजो प्रत्यारोषण गरिएको जनाइएको छ । चालु आर्थिक वर्षमा ८२ बिरामीको मिर्गौला प्रत्यारोपण गरिएको छ ।

यस्तै चालु आर्थिक वर्षको फागुनसम्म ३७३ बिरामीको मुटुको भल्भको निःशुल्क शल्यक्र्रिया र ८८५ बिरामीको विभिन्न प्रकारका मुटुको शल्यक्र्रिया गरिएको छ । आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म १३ हजार ८२० जनाले क्यान्सर, तीन हजार ९४७ जनाले मुटु, चार हजार ९८४ जनाले हेमोडायलासिस, १७२ जनाले पेरिटोनियल डायलासिस र ४०० जनाले मिर्गौला प्रत्यरोषण लगायतका ठूला रोगमा २६ हजार ३३१ जना विपन्न नागरिकले औषधी उपचार सेवा निःशुल्क प्राप्त गरेका छन् ।

यस्तै सर्वेक्षणमा २०७८ फागुनसम्म ७७ जिल्लाका ७४२ स्थानीय तहका ५२ लाख ६४ हजार ९५१ जना स्वास्थ्य बीमा कार्यक्रमबाट लाभन्वित भएको पाइएको छ । रासस

 




भर्खरै