३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

औलो क्रमशः नियन्त्रणमा



अ+ अ-

काठमाडौँ । आर्थिक सर्वेक्षणमा औलो नियन्त्रण हुँदै गएको उल्लेख गरिएको छ । चालु आर्थिक वर्षको फागुनसम्म एक लाख आठ हजार ३८८ जनामा गरिएको परीक्षणमा ३५६ जनामा औलो देखिएको थियो । सर्वेक्षणमा अघिल्लो वर्षको तुलनामा औलोका बिरामी केही घटेको देखिएको जनाइको छ ।

सर्वेक्षणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोषण केन्द्रमा आर्थिक वर्ष २०७७/७८ मा ७४० मिर्गौला र छ बिरामीको कलेजो प्रत्यारोषण गरिएको जनाइएको छ । चालु आर्थिक वर्षमा ८२ बिरामीको मिर्गौला प्रत्यारोपण गरिएको छ ।

यस्तै चालु आर्थिक वर्षको फागुनसम्म ३७३ बिरामीको मुटुको भल्भको निःशुल्क शल्यक्र्रिया र ८८५ बिरामीको विभिन्न प्रकारका मुटुको शल्यक्र्रिया गरिएको छ । आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म १३ हजार ८२० जनाले क्यान्सर, तीन हजार ९४७ जनाले मुटु, चार हजार ९८४ जनाले हेमोडायलासिस, १७२ जनाले पेरिटोनियल डायलासिस र ४०० जनाले मिर्गौला प्रत्यरोषण लगायतका ठूला रोगमा २६ हजार ३३१ जना विपन्न नागरिकले औषधी उपचार सेवा निःशुल्क प्राप्त गरेका छन् ।

यस्तै सर्वेक्षणमा २०७८ फागुनसम्म ७७ जिल्लाका ७४२ स्थानीय तहका ५२ लाख ६४ हजार ९५१ जना स्वास्थ्य बीमा कार्यक्रमबाट लाभन्वित भएको पाइएको छ । रासस