२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गणतन्त्र दिवसमा कर्णालीका प्रदेश प्रमुख र मुख्यमन्त्रीद्वारा शुभकामना व्यक्त



अ+ अ-

कर्णाली । कर्णालीका प्रदेश प्रमुख तिलक परियारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले संविधानमा परिकल्पना गरेको समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माणमा ऊर्जा मिलोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।

१५औँ गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले राष्ट्रिय एकता, भौगोलिक अखण्डता, सार्वभौमिकता र स्वाधिनता अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो । प्रदेश प्रमुख परियारले सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशीता नेपाली जनमानसमा भौतिक र मानसिक रुपले संस्थागत भइसकेको उल्लेख गर्नुभएको छ ।

“यस प्रकारको प्राप्त अधिकार र उपलब्धिको रक्षा, प्रयोग र थप विकास गर्दै समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने पे्ररणा गणतन्त्र दिवसले प्रदान गरोस्”, सन्देशमा भनिएको छ । साथै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका क्रममा ज्यान गुमाउने शहीदहरुप्रति श्रद्धाञ्जलि तथा विभिन्न आन्दोलनमा घाइते, बेपत्ता र पीडितप्रति सम्मान व्यक्त गर्नुभएको छ ।

त्यस्तै, कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकास गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समतामूलक समाज निर्माणमा सबैलाई पे्ररणा मिलोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।

“गणतन्त्रको स्थापनापश्चातनै समावेशी, समानुपातिक शासन व्यवस्था, धर्मनिरपेक्षता, सङ्घीयतालगायतका महत्वपूर्ण राजनीतिक उपलब्धि प्राप्त गरेका छौँ, संविधानद्वारा संरक्षित लोकतान्त्रिक शासन व्यवस्थामा हाम्रो सामाजिक एवं राजनीतिक जीवनपद्दतिका रुपमा क्रमशः संस्थागत हुँदै गइरहेको छ,” मुख्यमन्त्री शाहीको सन्देशमा उल्लेख छ ।

प्रदेश प्रमुख परियार र मुख्यमन्त्री शाहीले शुभकामना सन्देशमार्फत यही वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन गर्नुभएको छ ।