• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo
Latest
★   तोलामा दुई हजार तीन सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाखसहित दुईजना पक्राउ ★   कोशी सरकार गठनविरुद्धको रिट न्यायाधीश फुयालको इजलासमा ★   रवि लामिछानेलाई रास्वपा सभापतिको हैसियतले संसदमा बोल्न दिने कांग्रेसको निर्णय ★   लगानी सहजीकरण र सुरक्षित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ★   वन्यजन्तु संरक्षण चुनौतीपूर्ण बन्दै, दश महिनामा २१ गैँडा मरे ★   नेपालको समृद्धिका निम्ति स्वदेशमै काम गर्न अभिप्रेरित गर्ने फोटो प्रदर्शनी ★   मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण ★   करिब एक करोड रुपैयाँसहित दरबारमार्गबाट दुई जना पक्राउ ★   रामेछापको चार हजार पाँच सय हेक्टर वन सखाप

तारा एयरको जहाज लेते माथिको पहाडमा दुर्घटना भएको आशंका- यात्रुको नाम सहित



काठमाडौं । पोखरा देखि जोमसोम उडेको तारा एयरको जहाज म्याग्दीको लेते पहाड नजिक दुर्घटना भएको आशंका  गरिएकाे छ ।

पोखराबाट १९ यात्रु लिएर जोमसोम उडेको तारा एयरको ९ एन एईटी ट्विनअटर विमान उडेको केही समय पछि सम्पर्कविहीन भएको थियो ।

जहाजमा ३ जना चालक दलका सदस्य रहेका थिए ।

विमानमा यात्रुहरु इन्द्र बहादुर गोले, पुरुषोत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर रहेका थिए ।

यस्तै विमान प्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए भने सहचालक उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा रहनु भएको थियो ।