५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

स्पेनको क्यानरी टापुमा ज्वालामुखीबाट करिब २० घरहरू ‘ध्वस्त’

स्पेनको क्यानरी टापुमा ज्वालामुखीबाट करिब २० घरहरू ‘ध्वस्त’
अ+ अ-

स्पेन । स्पेनको क्यानरी टापुमा आएको ज्वालामुखीले करिब २० घरहरू ध्वस्त पारेको स्थानीय अधिकारीहरूले सोमबार पुष्टि गरेका छन् ।  

स्थानीय समयअनुसार आइतबार आएको ज्वालामुखीका कारण निस्किएको लाभा र खरानी वायुमण्डलमा फैलिँदा कम्तीमा पाँच हजार व्यक्तिलाई उनीहरूको बस्तीबाट सुरक्षितस्थलतर्फ सारिएको छ । 

“धेरै घरहरू ध्वस्त भएका छन्,”, एक क्षेत्रीय सरकारी प्रवक्ताले एएफपीसँग भने । ज्वालामुखीका कारण भएको क्षतिबारे लेखाजोखा भइरहेको बताइएको छ । 

नजिकैको एल पासो गाउँका स्थानीय मेयर सर्जियो रोडरिगेजले टापूमा आएको कम्ब्रे भिजा ज्वालामुखीले कम्तीमा पनि २० वटा घर पूरै ध्वस्त भएको बताउनुभयो भने उक्त स्थानमा ५० वर्षपछि पहिलो पटक ज्वालामुखी विस्फोट भएको हो । 

“लाभा उडेको मार्गमा करिब दुई किलोमिटरसम्म यसको प्रभाव परेको देखिएको छ,” रोडरिगेजले ‘टीभीई च्यानल’ लाई जानकारी दिँदै स्थानीय बासिन्दाहरू अझै थप क्षति हुनसक्ने भयबीच वस्तीहरूबाट भागिरहेका छन् भने प्रशासनले उनीहरूलाई केही दिन घर नफर्किन आग्रह गरेको छ । 

स्पेनी सञ्चार माध्यमले उक्त विस्फोटले १०० भन्दा बढी घरलाई असर गरेको हुन सक्ने बताएका छन् । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले उक्त विस्फोटपछि संयुक्त राष्ट्रसंघको महासभाका लागि न्युयोर्क जाने निर्धारित यात्रालाई पछि सार्नुभएको छ । उहाँ आइतबार साँझ अबेर घटनास्थलमा पुगी घटनाबारे जानकारी लिनुभएको छ । 

सबै सेवाहरू समन्वयित ढङ्गमा सञ्चालन भएका छन्,“ सान्चेजले ट्विटरमा उल्लेख गर्नुभयो । लगभग ८०,००० मानिसहरू बसोबास गर्ने कम्ब्रे भिजा ला पाल्मा टापुको दक्षिणी भागको एउटा सामुद्रिक तट हो । 

स्थानीय सरकारको अनुमानअनुसार यस द्वीपको मध्य भागमा रहेको ज्वालामुखीबाट लाभा बग्ने सम्भावना समुद्र तट पुग्नुभन्दा पहिले दक्षिण–पश्चिममा बसोबास गर्ने र जङ्गलभएको क्षेत्रतिर जाने सम्भावना थियो ।

क्यानरी आइस्ल्यान्ड्स इन्स्टिच्युट अफ ज्वालामुखीका अनुसार लाभाको बहाव प्रतिघण्टा लगभग ७०० मिटरमा सरिरहेको र यसको तापक्रम झन्डै एक हजार सेन्टिग्रेड रहेको थियो । भूकम्पीय गतिविधि र म्याग्मा विस्थापनमा हालै भएका वृद्धिपछि विशेषज्ञहरूले ज्वालामुखीलाई नजिकबाट नियालिरहेका थिए । (रासस-एएफपी)