• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी ★   दोषी करार गर्ने ढंगले काँग्रेसले ल्याएको प्रस्ताव मान्य हुँदैन: शिशिर खनाल ★   गृहमन्त्री लामिछानेलाई छानविनको दायरामा ल्याउनुपर्ने काँग्रेसको अडान यथावत ★   ब्रोइलर कुखुराको रोग मानिसमा सर्दैन: नेपाल भेटेरिनरी एशोसिएशन ★   कार्यदल बैठक निष्कर्षविहीन ★   रिसाए रोहितः प्रशारणकर्तामाथि किन एक्कासी आक्रोशित बने ?

च्याम्पियन्स लिगको फाइनल आज, उपाधिका लागि रियल मड्रिड र लिभरपुल भिड्दै



एजेन्सी । च्याम्पियन्स लिगको फाइनलमा स्पेनिस च्याम्पियन रियल मड्रिड र इङ्लिस एफए कप च्याम्पियन लिभरपुल आमनेसामने हुँदैछन् । खेल आज मध्यरात १२ः४५ बजे फ्रान्सको राष्ट्रिय स्टेडियम पेरिसमा हुनेछ ।

रियल मड्रिडले १३ पटक च्याम्पियन्स लिग जितेको छ भने लिभरपुलले ६ पटक जितेको छ । अन्तिम पटक यी दुई टोली २०१८ को फाइनलमा भिडेका थिए ।

जहाँ क्रिस्टियानो रोनाल्डो र रामोस जस्ता स्टार फुटबलरहरू समावेश बलियो मड्रिडले अनुभवहीन युवा टोली लिभरपुललाई ३–१ ले हराएको थियो । त्यतिबेला लिभरपुलका मोहम्मद सलाह चोटका कारण टोलीबाट बाहिर थिए । यसपटक टोलीमा रोनाल्डो र रामोस छैनन् तर मड्रिडका करिम बेन्जेमाले उत्कृष्ट प्रदर्शनका कारण टोलीलाई उपाधि दिलाउन सक्छन् ।

यस पटकको टोली सन् २०१८ को लिभरपुल टोलीभन्दा धेरै बलियो र सन्तुलित छ । मड्रिडले लिभरपुललाई कमजोर मान्दै फाइनलमा प्रवेश गर्नेछैन । यी दुई च्याम्पियन्स लिगको फाइनलमा दुईपटक भिडेका छन् र दुवैले १–१ पटक खेल जितेका छन् । सन् १९८१ मा लिभरपुलले रियललाई हराएको थियो भने २०१८ मा रियलले लिभरपुललाई हराएको थियो ।

रियल मड्रिड निकै संघर्ष गर्दै फाइनल पुगेको हो । अघिल्लो चरणका खेलहरूमा पीएसजी, चेल्सी र म्यानचेस्टर सिटी जस्ता उत्कृष्ट क्लबहरूलाई पराजित गर्दै रियल यो स्थानमा पुगेको हो । अर्कोतर्फ लिभरपुलले इन्टर मिलान, बेन्फिका र भिल्लारियल जस्ता टोलीलाई सहजै हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

लिभरपुलले यो सिजन नकआउट चरणका ६ खेलमा दोस्रो हाफमा १४ गोल गरेको छ भने पहिलो हाफमा ६ गोल गरेको छ । यस्तै, रियल मड्रिडले ६ नकआउट चरणमा पहिलो हाफमा ८ गोल र दोस्रो हाफमा १५ गोल गरेको छ ।

रियल मड्रिडका लागि करिम बेन्जेमा सर्वाधिक गोलकर्ता हुन् । यद्यपि, टोलीका अन्य खेलाडीले पनि राम्रो प्रदर्शन गरेका छन् । रोड्रिगोले पाँच गोल गरेका छन् भने दुईमा असिस्ट गरेका छन् । यस्तै, भिनिसियस जुनियरले टोलीका लागि ३ गोल गरेका छन् । उनीहरुलार्य गोल गर्न मिडफिल्डर लुका मोड्रिचले महत्वपूर्ण भूमिका खेलेका छन् ।