२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
हिमाली तथा पहाडी भागमा वर्षा हुने, तराईमा गर्मी बढ्ने राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना हुलाकमार्फत घरघरमै राहदानी फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

किन रोज्दैछन् यूवाले आत्महत्याको बाटो ?



अ+ अ-

चुनावी घोषणापत्रमा अधिकांशले युवा समाजलाई आक्रान्त पारेको मानसिक स्वास्थ्य र तनाव आदिको बारेमा बोलेका छैनन् । नेताहरूले मानसिक स्वास्थ्य भन्ने के हो र यसले मानव जीवनमा कस्तो प्रभाव पर्छ भन्ने कुरा बुझे पो !

केही दिनअघि एक पत्रकार मित्रले आफ्नो एक परिचित मित्रको १८ वर्षीय छोराले गरेको आत्महत्या प्रयासबारे बताए । छोराका साथीले सिसा फोडेर ती युवकलाई बचाएको घटनासँग जोडिएका केही पृष्ठभूमि छन् ।

१८ वर्षका ती युवकलाई दश कक्षा पास गरेपछि जसरी भएपनि इन्जिनियर बन्नुपर्छ भन्ने दवाव दिन थालियो । अभिभावकले प्लस टुमा विज्ञान विषय लिन बाध्य बनाए। तर, विज्ञान पढ्नै मन नलाग्ने ती किशोरले ११ कक्षाको परीक्षामा एकदम थोरै नम्बर ल्याए । उनलाई एकप्रकारको हिनताबोध हुनथाल्यो । मेरो आमा बाको मलाई इन्जिनियर बनाउने सपना पूरा हुँदैन, मलाई मानिसले गिज्याउँछन् भन्ने भावनाले उनी ग्रसित भए । यही समस्याबाट भाग्न उनले ४ पेजको आत्महत्या नोट लेखेर झुन्डिन खोजे । संयोगवश उनलाई कसैले बचाउन सफल भयो ।

ती मित्रले सुनाएअनुसार सुसाइट नोटमा युवकले आफ्नो जीवनबारे लेखेका थिए । अध्ययन गर्न मनपर्ने संगीतको बारेमा पनि लेखेका थिए । उनलाई जीवनप्रतिको मोह थियो । तर, उनले आशा नै हराएका थिए र आत्महत्या गर्न कोसिस गरे । आशा गरौं, ती युवकका आमाबुबालाई अब त चेत आउला, युवकले रुचाएको विषय पढ्न देलान् ।

एक डाक्टरका प्रतिभाशाली छोरा नेपाली र अंग्रेजी भाषामा गीत गाउन र कविता लेख्न पोख्त थिए । ठूलो भएर साहित्यकार बन्छु भन्ने उनको मनमा थियो । ‘साहित्यले खान दिंदैन’ भन्ने विचार डाक्टर बुबाको थियो । त्यसैले आफ्नो छोरा जसरी भए पनि डाक्टर नै बन्नुपर्छ भनेर एक निजी मेडिकल कलेजमा जबरजस्ती भर्ना गरे । उनका छोराले एक वर्ष त जसोतसो बिताए, दोस्रो वर्षमा उनलाई पढ्न अति गाह्रो भयो ।

२–३ विषयहरूमा पास नम्बर पनि ल्याउन नसकेपछि उसले भविष्य अन्धकारमय देख्यो । बुबाले बेस्मारी झपारेको कल्पना गर्‍यो सायद । त्यस्तो अवस्थाबाट मुक्ति पाउने एक मात्र उपाय आत्महत्‍या हो भन्ने उसलाई लाग्यो र ऊ संसारबाट विदा भयो । ती डाक्टर बाबुले सन्तानलाई आफ्नो ‘विचार र सपना’ नथोपारेको भए एक युवाको जिन्दगी जाँदैनथ्यो ।

अभिभावकहरूले विचार गरौं, सामाजिक प्रतिष्ठाको लोभमा कतै सन्तान नै गुमाउन नपरोस् । जीवन ठूलो हो । पढाई र प्रतिष्ठाको लोभमा सन्तानलाई जीवन नै अन्त्य गराउने दबाब किन दिनु ?

यसरी युवाले पढाइको दबाबमा आमा–बाको सपना पूरा गर्न नसक्दा आफ्नै जीवनसँग हारेर आत्महत्या गरिरहेका छन् । समाजमा इज्जत बचाउन आफ्ना सन्तानलाई डाक्टर इन्जिनियर बनाउने इच्छा लादिदिँदा युवाहरूले आत्महत्याको बाटो रोजेका धेरै घटनाहरू सुनिन्छन् ।