• २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
  •   Unicode
Logo
Latest
★   मुस्लिम संघबाट हजयात्रीको बिदाई ★   गृहको कडा एक्सनसँगै सशस्त्र प्रहरीद्वारा दुई महिनामा ५२ किलो सुन बरामद, राजस्व संकलनमा पनि वृद्धि ★   हज का लागि पहिलो टोली साउदी अरब प्रस्थान फोटो फिचर ★   जसपा आधिकारिकता विवादः आयोगको निर्णय यथास्थितिमा राख्ने आदेश ★   घट्यो पेट्रोल ,डिजेल र मट्टितेलको मुल्य ★   क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा, टी–२० विश्वकप खेल्ने बाटो खुला ★   सन्दीपलाई विश्वकप खेल्न पठाउने क्यानको तयारी ★   मलाई न्याय दिनुभएकोमा न्यायमूर्तिहरुप्रति आभारी छु – सन्दीप लामिछाने ★   उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न दिन काँग्रेसमाथि सत्तारुढ प्रमुख तीन दलको दबाब ★   जिल्ला अदालतको फैसला उच्चले उल्टायो, सन्दीप लामिछाने निर्दोष ठहर

बैंगलोरलाई हराउँदै राजस्थान आईपीएलको फाइनलमा, बटलरको शतक



एजेन्सी । आईपीएल २०२२ को दोस्रो क्वालिफायर खेलमा राजस्थान रोयल्सले एकतर्फी जित हात पारेको छ ।

यो जितसँगै सञ्जु सामसनको नेतृत्वमा रहेको राजस्थानको टोली १४ वर्षपछि आईपीएलको फाइनलमा पुग्न सफल भएको छ । अब उसले उपाधि खेलमा आइतबार गुजरात टाइटन्सको सामना गर्नेछ ।

रोयल च्यालेन्जर्स बैंग्लोरले दिएको १५८ रनको लक्ष्य राजस्थानले १८.१ ओभरमा तीन विकेटको क्षतिमा पुरा गरेको थियो । जोस बटलरले फेरि एक पटक म्याच जिताउने इनिङ्स खेले र ६० बलमा १०६ रन बनाएर अविजित रहे ।

राजस्थानका लागि प्रसिद्ध कृष्णा र ओबेद म्याकोयले तीन–तीन विकेट लिए ।

रोयल च्यालेन्जर्स बैंग्लोरले दिएको १५८ रनको लक्ष्य पछ्याउँदै राजस्थान रोयल्सले बलियो सुरुवात गरेको थियो । जोस बटलर र यशस्वी जैसवालले पहिलो विकेटका लागि ३१ बलमा ६१ रनको साझेदारी गरे । १३ बलमा २१ रन बनाएर यशस्वी हेजलउडको शिकार बने ।

त्यसपछि बटलरले इनिङ्सलाई अगाडि बढाए र द्रुत ब्याटिङ गर्दै २३ बलमा आफ्नो अर्धशतक पूरा गरे । उनले दोस्रो विकेटका लागि सञ्जु सामसनसँग ३९ बलमा ५२ रनको साझेदारी गरे । १२औं ओभरमा २१ बलमा २३ रन बनाएर सामसन पेभिलियन फर्किए । त्यसपछि बटलरले तीव्र ब्याटिङ गर्दै ५८ बलमा सिजनको चौथो शतक पूरा गरे । उनले १९ औं ओभरमा हर्षल पटेललाई छक्का प्रहार गर्दै राजस्थानलाई एकतर्फी जित दिलाए ।

यसअघि राजस्थान रोयल्सले टस जितेर बैंगलोरलाई ब्याटिङको निम्तो दिएको थियो । बैंगलोरको सुरुवात फेरि खराब रह्यो र विराट कोहली दोस्रो ओभरमा ७ रन बनाएर पेभिलियन फर्किए । तर, कप्तान फाफ डु प्लेसिस र रजत पाटीदारले दोस्रो विकेटका लागि बलियो साझेदारी गरे । उनीहरुले ५३ बलमा ७० रन जोडे ।

डु प्लेसिस ११ औं ओभरमा २७ बलमा २५ रन बनाएर आउट भए । यस्तै, ग्लेन म्याक्सवेलले तीव्र पारी खेल्दै १३ बलमा २४ रन बनाए पनि ठूलो पारी खेल्न सकेनन् । उनी १४ औं ओभरमा ट्रेन्ट बोल्टबाट आउट हुन पुगे ।

अर्कोतर्फ रजतले उत्कृष्ट ब्याटिङ गर्दै १५ औं ओभरमा ४० बलमा अर्धशतक पूरा गरे । पाटीदारले ४२ बलमा ५८ रन बनाएपछि १६ औं ओभरमा उनलाई अश्विनले आउट पारेका थिए । उनी आउट भएपछि एक समयमा ठूलो स्कोरतर्फ अघि बढेको बैंगलोरको टोली लज्जित हुँदै गएको थियो र १५७ रन मात्रै बनाउन सक्यो । प्रसिद्ध कृष्णा र ओबेद म्याकोयले अन्तिम ओभरमा सानदार बलिङ गर्दा आरसीबीका ब्याट्सम्यानलाई रन बनाउनबाट जोगाए ।

दुवैको अगाडि बैंगलोरको टोलीले अन्तिम ५ ओभरमा ३४ रन मात्र बनाउन सके र यस क्रममा चार ठूला विकेट पनि गुमायो ।

फाइनल खेलः राजस्थान रोयल्स भर्सेस गुजरात टाइटन्स
समय – आइतबार ८ः१५ बजे, नरेन्द्र मोदी स्टेडियम – अहमदाबाद