५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

धम्क्याएर रकम मागेको आरोपमा ६ जना पत्रकारसहित एक विज्ञापन एजेन्सीका पक्राउ



अ+ अ-

काठमाडौं । प्रहरीले धम्क्याएर रकम मागेको आरोपमा सञ्चारकर्मी र विज्ञापन एजेन्सीका गरी सात जनालाई पक्राउ गरेको छ ।

योजनावद्ध तरिकाले पिडितलाई पटक–पटक फोन गरी तथा प्रत्यक्ष भेटी डर, धम्की तथा त्रास देखाई रू. ७ करोड माग गरेको सूचनाको आधारमा कार्यालयबाट खटिएको उपत्यका अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले शुक्रबार उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा २१ वर्षीय सुजन आचार्य, २९ वर्षीय टेक विक, २९ वर्षीय धर्मराज थापा, ३३ वर्षीय उमेश भण्डारी, २९ वर्षीया बसन्ता खनाल, ३२ वर्षीय सुरज शर्मा र ३३ वर्षीय श्रवण कार्की रहेका छन् ।

पक्राउ परेका व्यक्तिहरुलाई आपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाईएको र सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको महाशाखाले जनाएको छ ।