८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुरकी मेयर रेणु दाहाल दुर्घटनामा घाइते, अस्पताल भर्ना



रेनु दाहाल
अ+ अ-

काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल दुर्घटनामा परी घाइते भएकी छन् ।

घाइते दाहालको सुमेरु अस्पतालमा उपचार जारी छ । जावलाखेलस्थित स्टाफ कलेज अगाडि उनी चढेको गाडी पोलमा ठोक्किएर दुर्घटना भएको बताइएको छ ।

स्रोतका अनुसार दाहालको टाउकोमा चोट लागेको छ भने उपचारको क्रममा टाउकोमा केही टाँका लगाइएको र अवस्था खतरामुक्त रहेको बताइएको छ ।