११ बैशाख २०८२, बिहीबार
April 24, 2025 Thursday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 18.61

Wind: 1.03

Humidity: 52

तपाईं के खोज्दै हुनुहुन्छ ?

हिंसा पीडित बालिकाका परिवारलाई पाँच लाख दिइने



अ+ अ-

कञ्चनपुर । भीमदत्त नगरपालिकाले उल्टाखाममा हिंसाबाट पीडित बालिकाका परिवारलाई रु पाँच लाख नगद सहयोग दिने निर्णय गरेको छ । भीमदत्तका नगरप्रमुख पदम बोगटीले बिहीबार पहिलो कार्यपालिका बैठकबाट सहयोग दिने निर्णय गराउनुभएको छ ।

कार्यपालिका बैठकले पीडित बालिकालाई उच्च शिक्षासम्म अध्ययनको जिम्मा लिने निर्णय पनि गरेको छ । नगरप्रमुखको सचिवालयका नायबसुब्बा नरेन्द्रदेव भट्टले कार्यपालिकाको पहिलो बैठकबाट नगद र शिक्षा अध्ययनका लागि जिम्मेवारी दिइने निर्णय गरिएको बताउनुभयो ।

“मुख्यरूपमा पीडित बालिकाका परिवारलाई सहयोग र शिक्षा अध्ययनका लागि जिम्मा लिने निर्णय गरिएको छ”, उहाँले भन्नुभयो, “त्यसबाहेक निर्वाचनका क्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिनेलगायतका निर्णय गरिएका छन् ।”

बालिकामाथि हिंसा भएको घटना बाहिर आएपछि आफन्तले प्रहरीलाई खबर गरेपछि हिंसामा संलग्न स्थानीय दिनेश मालीले घरभित्रै झुण्डिएर आत्महत्या गरेका थिए ।