५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुँदै नभएका कुरालाई उखान टुक्कासँग जोडेर गफ र कुण्ठा पोखे: सांसद विश्वकर्मा



अ+ अ-

काठमाडौँ । नेपाली काङग्रेसका सांसद मीनबहादुर विश्वकर्माले पूर्वपधानमन्त्री तथा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले संसदमा गरेको भाषण सत्ताबाट बाहिरिँदाको कुण्ठा भएको बताउनु भएको छ ।

प्रतिनिधि सभामा पूर्वप्रधानमन्त्री ओलीको सम्बोधनपछि सञ्चारकर्मीहरुसँग बोल्दै यस्तो बताउनु भएको हो । उहाँले सरकारको नीति तथा कार्यक्रमका विषयमा भन्दा पनि अदालतको आदेशका विषय आफ्ना कार्यकतासँग बसेर गफ दिएको जस्तो भएको टिप्पणी गर्नुभयो । विश्वकर्माले ओलीले हुँदै नभएका कुरालाई उखान टुक्कासँग जोडेर गफ र कुण्ठा पोखेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ आफ्ना कार्यकर्तासँग बसेर गफ गरे जस्तो गरेर सत्ताबाट बाहिरिँदाका कुण्ठा र पूर्वाग्रह पोख्ने काम भयो । कहाँको नीति तथा कार्यक्रम छ कहाँ अदालतको आदेश छ । हुँदै नभएको कुरालाई जोडेर उखान टुक्कासँग जोडेर गरेका गफ र कुण्ठा अभिव्यक्त गर्ने कुरालाई लिएर हामीले आधार बनाउन मिल्दैन । प्रमुख प्रतिपक्ष दलले नीति तथा कार्यक्रम प्रतिको टिप्पणी हो । त्यो गर्नु भएको छ त्यसलाई सामान्य रुपमा लिन्छौं ।’

सांसद् विश्वकर्माले पूर्वपधानमन्त्री ओलीको भाषण प्रमुख प्रतिपक्ष दलले सरकारको नीति तथा कार्यक्रम प्रतिको टिप्पणीका रुपमा सरकारले लिने बताउनु भयो।