• ७ असार २०८१, शुक्रबार
  •      Fri Jun 21 2024
  •   Unicode
Logo
Latest
★   मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न १३ दिन यातायात बन्द ★   गृहमन्त्री लामिछानेविरुद्धको रिट मल्ल र सुवेदीको इजलासमा ★   जनयुद्धमा अहिलेको भन्दा जीवन सरल थियो: प्रधानमन्त्री ★   एकैदिन एक हजार नौ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   बैचारिक स्पष्टता संगै राजनीतिक परिपक्वता हाँसिल गर्दै अघि बढिरहेका छौ: रवि लामिछाने ★   राजस्व सङ्कलनमा सामान्य वृद्धि ★   टी–२० विश्वकप: अष्ट्रेलियाले बंगलादेशलाई डिएलएस मेथडमा २८ रनले हरायो ★   मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न १३ दिन यातायात बन्द ★   योगाभ्यासका लागि नेपाल सुन्दर भूमि हो : प्रधानमन्त्री (फाेटाे फिचर) ★   दुई पटक सत्ता यात्रा, नयाँ नेतृत्वका लागि महाधिवेशनको तयारी

नेप्से परिसूचकको उकालो यात्रा जारी



symbolic picture

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ८.०३ अङ्कले उकालो लागेर दुई हजार २३९.६० मा पुगेको छ । त्यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.३९ अङ्कले उकालो लागेर ४३६.४७ मा पुगेको छ ।

कूल २२२ कम्पनीका २३ लाख २४ हजार ६६५ कित्ता शेयर रु ८८ करोड ९८ लाख ३४ हजार ९०८ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार कारोबारका आधारमा मेगा बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु पाँच करोड ४२ लाख १४ हजार ४६२ बराबरको कारोबार भयो । त्यस्तै अरुण काबेली पावर रु चार करोड चार लाख २२ हजार ३५, नबिल बैंक रु तीन करोड ५७ लाख ४२ हजार ७८३, माथिल्लो तामाकोसी जलविद्युत् कम्पनी रु दुई करोड ८३ लाख २३ हजार ५१७ र जाल्पा सामुदायिक लघुवित्तको रु दुई करोड २९ लाख ४४ हजार ३८८ बराबरको कारोबार भई शीर्ष पाँच स्थानमा रहे ।

नेप्सेका अनुसार मेगा बैंकको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । त्यस्तै नारायणी डेभलपमेन्ट बैंक ६.२०, कुमारी इक्विटी फण्ड ५.२६, ग्रीन लाइफ हाइड्रोपावर ४.०३ र एनआइबिएल समृद्धि फण्ड दोस्रोका लगानीकर्ताले ३।५३ प्रतिशतले कमाए ।

त्यस्तै गुराँस लघुवित्त ५.४७, सिङ्गटी हाइड्रो इनर्जी लिमिटेड ३.७६, रुरु जलविद्युत् परियोजना ३.६१, माउण्टेन इनर्जी नेपाल ३.५५ र रिलायन्स फाइनान्सका लगानीकर्ताले २.७३ प्रतिशतले गुमाएका छन् ।