२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेन्ट लरेन्स कलेजका विद्यार्थीद्वारा बिरोध प्रदर्शन



अ+ अ-

काठमाडौं । सेन्ट लरेन्स कलेजका विद्यार्थीले शिक्षकहरुले छात्रामाथि गरेको यौन दुर्व्यवहारबिरुद्ध बिरोध प्रदर्शन गरेका छन् ।

बिहीवार काठमाडौंको माईतीघर मण्डलामा कलेजका विद्यार्थीले विद्यालयका एक शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै बिरोध प्रदर्शन गरेका हुन् । बिरोध प्रदर्शनमा हामीलाई न्याय चाहिन्छ, महिलालाई सम्मान गरौँ लगायतका नारा लगाएर बिरोध प्रदर्शन गरेका थिए ।

विद्यार्थीहरुले यौन दुव्र्यवहार गर्ने शिक्षाकलाई तत्काल कारबाही गर्न माग गरेका छन् । बिरोध प्रदर्शनमा बोल्दै आन्दोलनरत विद्यार्थी प्रशंसा रायमाझीले गत तीन महिनादेखि विद्यार्थीलाई एक शिक्षकले अफिसमा बोलाएर यौन दुव्र्यवहार गरेको बताउनु भयो ।

विद्यार्थीहरुले महिला विद्यार्थीमाथि कुदृष्टिले हेर्ने शिक्षकलाई कारबाही गर्न माग गर्दै केही समय यता बिरोध प्रदर्शन गरिरहेका छन् ।