११ भाद्र २०८३, बिहीबार
,
Latest
तीन जिल्लामा साढे दुई करोड नगद सहयोग विपद्को समयमा आपतकालीन स्वास्थ्य प्रतिकार्यका लागि फोकल पर्सन तोकिए त्रिशूलीको बाढीले पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी (तस्बिरसहित) छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकियो भोटेकोशी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, भारतीयको संख्या सबैभन्दा धेरै प्रधानमन्त्री शाह बाढी प्रभावित विदुरमा परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेन्ट लरेन्स कलेजका विद्यार्थीद्वारा बिरोध प्रदर्शन



अ+ अ-

काठमाडौं । सेन्ट लरेन्स कलेजका विद्यार्थीले शिक्षकहरुले छात्रामाथि गरेको यौन दुर्व्यवहारबिरुद्ध बिरोध प्रदर्शन गरेका छन् ।

बिहीवार काठमाडौंको माईतीघर मण्डलामा कलेजका विद्यार्थीले विद्यालयका एक शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै बिरोध प्रदर्शन गरेका हुन् । बिरोध प्रदर्शनमा हामीलाई न्याय चाहिन्छ, महिलालाई सम्मान गरौँ लगायतका नारा लगाएर बिरोध प्रदर्शन गरेका थिए ।

विद्यार्थीहरुले यौन दुव्र्यवहार गर्ने शिक्षाकलाई तत्काल कारबाही गर्न माग गरेका छन् । बिरोध प्रदर्शनमा बोल्दै आन्दोलनरत विद्यार्थी प्रशंसा रायमाझीले गत तीन महिनादेखि विद्यार्थीलाई एक शिक्षकले अफिसमा बोलाएर यौन दुव्र्यवहार गरेको बताउनु भयो ।

विद्यार्थीहरुले महिला विद्यार्थीमाथि कुदृष्टिले हेर्ने शिक्षकलाई कारबाही गर्न माग गर्दै केही समय यता बिरोध प्रदर्शन गरिरहेका छन् ।