• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
Latest
★   बाल्यकालका साथी, मैदानमै मस्ती ★   गणतन्त्र स्थापनापछि भएको विकास राजतन्त्रकालको भन्दा कैयौँ गुणा बढी छ: प्रधानमन्त्री ★   सन्दीपलाई न्याय माग्दै सर्वोच्च अगाडि नाराबाजी गर्ने निकोलस भुसाल पक्राउ ★   तोलामा तीन सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   सभामुख घिमिरे र प्रधानमन्त्री दाहालबीच टेलिफोन वार्ता ★   जेठ महिनाको लागि बैंकहरुले घटाए ब्याजदर ★   उपेन्द्र यादवले दिए राजीनामा ★   कांग्रेस संसदीय दल र संसदीय दल कार्यसमिति बैठक सर्यो ★   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कपडामा लेपन गरि ल्याईएको सुन बरामद ★   बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम ल्याइनेछ: प्रधानमन्त्री

काठमाडौँ महानगरपालिका–१६ को अध्यक्षमा रिजाल



काठमाडौँ । काठमाडौँ महानगरपालिका– १६ को अध्यक्षमा नेपाली कांग्रेसका मुकुन्द रिजाल विजयी हुनुभएको छ ।

गत वैशाख ३० गते सम्पन्न मतदानको केहीबेर अगाडि सम्पन्न मतगणनामा रिजालले चार हजार १९ मत प्राप्त गरी दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा विजयी हुनुभएको हो । उहाँ यसअघि पनि सोही वडाको अध्यक्ष हुनुहुन्थ्यो ।

उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार लक्ष्मी तुलाधरले तीन हजार ३१० मत प्राप्त गर्नुभयो । यस्तै चार सदस्यमा भने नेकपा (एमाले) का उम्मेदवार विजयी हुनुभएको छ । उक्त वडामा १२ हजार ३०८ मत खसेको थियो ।

काठमाडौँ–१६ मा सोह्रखुट्टे, वनस्थली, बालाजु, म्हैपी, माछापोखरीलगायतका क्षेत्र पर्दछन् । वडा अध्यक्ष विजयी रिजाल नेपाली कांग्रेस क्षेत्र नं ७ को क्षेत्रीय सभापतिसमेत हुनुहुन्छ ।