• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली ★   सर्वोच्चद्वारा गृहमन्त्री लामिछानेविरूद्ध कास्की प्रहरीमा परेको जाहेरी माग ★   युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा ★   सर्वोच्चले रोक्यो ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णय ★   गर्मी छल्न सुकुटे, र्‍याफ्टिङले पर्यटक आकर्षित ★   बजेट प्रभावकारी कार्यान्वयनमा सांसदहरुको जोड

ईपीजी प्रतिवेदन बुझेर सदनलाई जानकारी गराउन ओलीको सरकारलाई आग्रह



काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल र भारतले गठन गरेको प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी) ले बनाएको प्रतिवेदन बुझेर सदनलाई जानकारी गराउन आग्रह गरेका छन् ।

प्रतिनिधिसभामा सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले प्रतिवेदन बुझेर त्यसका अन्तरवस्तु संसद्लाई जानकारी गराउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरे ।

उनले भने, “नेपाल र भारतका दुई प्रधानमन्त्रीले औपचारिक वार्तामा बसेर गठन गरेको ईपीजी समूहले दुईपक्षीय सहमतिमा बनाएर दुई वर्षभन्दा बढी काम गरेर बनाएको रिपोर्ट बुझे बुझाएको छैन । के भनियो भने भारतले बुझेन । म प्रधानमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु, एउटा प्रधानमन्त्रीले पहिले बुझ्नुपर्‍यो नि ? नेपालले किन बुझ्दैन ? प्रधानमन्त्रीज्यू ईपीजी प्रतिवेदन बुझेर सदनलाई जानकारी गराउनुस् ।”

सन् २०१९ मै तयार भएको ईपीजी प्रतिवेदन ओलीले स्वयं प्रधानमन्त्री हुँदा बुझेका थिएनन् ।