• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

निवेदकबाटै पल शाहको थुनछेक सुनुवाइ स्थगित



पोखरा । अभिनेता पूर्णविक्रम शाह (पल शाह) को थुनछेक सुनुवाइ स्थगित भएको छ । नाबालिग बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता शाह पक्षका कानून व्यवसायीले आजका लागि निर्धारण गरिएको थुनछेक सुनुवाइ स्थगित गर्न अदालतमा निवेदन दिएका छन् ।

तनहुँ जिल्ला अदालत र नवलपुर जिल्ला अदालतले एक नाबालिगलाई पटकपटक बलात्कार गरेको अभियोगमा तत्काल प्राप्त प्रमाणबाट कसुरदार होइनन् भन्न नसकिने भन्दै शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका थिए । शाह दुवै जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदन गर्न उच्च अदालत पोखरा पुगेका थिए ।

उच्च अदालत पोखराले दुवै जिल्ला अदालतबाट माग गरेको कैफियत प्रतिवेदनसहितको मिसिल आइसकेपछि बिहीबारका लागि उक्त निवेदन दैनिक पेसी सूचीमा राखेको थियो । यद्यपि निवेदक पक्षबाटै तयारी नपुगेको भन्दै सो पेसी स्थगित गराइएको हो । उक्त निवेदनमाथि अब अर्को सुनुवाइका लागि मिति तोकिने छ ।