२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागी नगरप्रमुखको शपथ ग्रहण समारोहमा भाग लिन निधि जनकपुरमा



फाईल फोटो
अ+ अ-

जनकपुर । नेपाली कांग्रेसका पूर्वउपसभापति तथा नेता विमलेन्द्र निधि काठमाडौँबाट जनकपुर पुगेका छन् । जनकपुर उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख मनोज साहले गराउने शपथ ग्रहण समारोहमा सहभागी हुन उनी जनकपुर पुगेका हुन् । उनले सो समारोहमा प्रमुख आतिथ्यता ग्रहण गर्ने बताइएको छ ।

काठमाडौँबाट जनकपुर विमानबाट पुगेका निधिलाई स्वागत गर्न नवनिर्वाचित प्रमुख साह र कांग्रेसका नेताहरु जनकपुर विमानस्थल पुगेका थिए । निधिले सो अवसरमा नवनिर्वाचित साहलाई बधाई दिएका थिए ।

बिहीबार नगरप्रमुख साहले उपप्रमुख, वडाध्यक्ष र सदस्यहरुलाई शपथ ग्रहण गराउने कार्यक्रम छ । सो कार्यक्रमको शपथ ग्रहण कार्यक्रमको प्रमुख आतिथ्यता गर्न निधि जनकपुर पुगेका हुन् । यद्यपि प्रमुख अतिथिमा निधिलाई बोलाएको भन्दै अन्य पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले विरोध गर्ने भएको बताइएको छ ।

स्थानीय तहको निर्वाचनमा जनकपुर उपमहानगरपालिकाको प्रमुख पदमा पाँच दलीय सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी ९जसपा० का उम्मेदवारलाई उठाउने निर्णय भएपछि साह कांग्रेसको नगर सभापति पदबाट राजीनामा दिएर निर्वाचनमा होमिएका थिए । प्रमुखमा विजय भएसँगै उनी पुनः कांग्रेसमा फर्किन सक्ने बताएका छन् ।