७ असार २०८३, आईतवार
,
Latest
फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव रास्वपाको प्रथम महाधिवेशनले सौराहा–भरतपुरका होटल भरिभराउ रास्वपा महाधिवेशनमा सहभागी हुन चितवन पुगे सभापति थापा कैलालीमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम किसानलाई प्रविधिसँगै जोड्दै रास्वपा महाधिवेशनको माहौल- फोटोफिचर रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा बाग्लुङकाे भुजीखोला पुल निर्माण अनिश्चित मुसहर बस्तीका महिलाको जीवनमा परिवर्तन: साबुन उद्योगबाट आत्मनिर्भरता योगाभ्याससहित मनाइयो अन्तरराष्ट्रिय योग दिवस उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागी नगरप्रमुखको शपथ ग्रहण समारोहमा भाग लिन निधि जनकपुरमा



फाईल फोटो
अ+ अ-

जनकपुर । नेपाली कांग्रेसका पूर्वउपसभापति तथा नेता विमलेन्द्र निधि काठमाडौँबाट जनकपुर पुगेका छन् । जनकपुर उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख मनोज साहले गराउने शपथ ग्रहण समारोहमा सहभागी हुन उनी जनकपुर पुगेका हुन् । उनले सो समारोहमा प्रमुख आतिथ्यता ग्रहण गर्ने बताइएको छ ।

काठमाडौँबाट जनकपुर विमानबाट पुगेका निधिलाई स्वागत गर्न नवनिर्वाचित प्रमुख साह र कांग्रेसका नेताहरु जनकपुर विमानस्थल पुगेका थिए । निधिले सो अवसरमा नवनिर्वाचित साहलाई बधाई दिएका थिए ।

बिहीबार नगरप्रमुख साहले उपप्रमुख, वडाध्यक्ष र सदस्यहरुलाई शपथ ग्रहण गराउने कार्यक्रम छ । सो कार्यक्रमको शपथ ग्रहण कार्यक्रमको प्रमुख आतिथ्यता गर्न निधि जनकपुर पुगेका हुन् । यद्यपि प्रमुख अतिथिमा निधिलाई बोलाएको भन्दै अन्य पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले विरोध गर्ने भएको बताइएको छ ।

स्थानीय तहको निर्वाचनमा जनकपुर उपमहानगरपालिकाको प्रमुख पदमा पाँच दलीय सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी ९जसपा० का उम्मेदवारलाई उठाउने निर्णय भएपछि साह कांग्रेसको नगर सभापति पदबाट राजीनामा दिएर निर्वाचनमा होमिएका थिए । प्रमुखमा विजय भएसँगै उनी पुनः कांग्रेसमा फर्किन सक्ने बताएका छन् ।