२० आश्विन २०८१, आईतवार
,
Latest
तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ: पर्यटनमन्त्री पाण्डे वेस्ट बैंकको तुलकर्ममा कमाण्डरको मृत्यु भएको हमासको पुष्टि हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव राष्ट्रपतिद्वारा न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त आर्सनल र सिटी विजयी भुटानको भ्रमण पूरा गरेर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानडाका प्रधानमन्त्री ट्रुडो ४९ वर्षमा तेस्रो पटक पनि निर्वाचित



अ+ अ-

ओट्टावा । क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुडो तेस्रो पटक निर्वाचित भएका छन् । गत सोमबार भएको संसदीय निर्वाचनमा उनी निर्वाचित भएका हुन् । मतगणना जारी रहेकाले अहिले उनको पार्टी लिवरल पार्टीले अधिकांश ठाउँमा अग्रता कायमै राखेको छ । उनी र उनको पार्टीको जितसँगै उहाँ तेस्रो पटक प्रधानमन्त्री बन्नु हुने देखिएको छ ।
 
निर्वाचनमा उनको दल र उहाँ फेरि विजयी हुने पुर्वानुमानअनुसार नै उनी विजयी भएको स्थानीय सञ्चार माध्यमहरुले लेखेका छन् । उनी यसअघि सन् २०१५ देखि देशको प्रधानमन्त्री हुँदै आएका थिए । त्यसपछि उनले पछिल्लो ६ बर्षमा अहिलेसम्म तीन पटक आम निर्वाचन जितेका हुन् । 

अहिले ४९ बर्ष हुनुभएका ट्रुडोले कुबेक शहरको पापीनोबाट सांसदमा निर्वाचित भएको राज्यद्धारा सञ्चालित प्रसारण संस्था सीबीसीले जनाएको छ । सीबीसी र सीटीभी दुवैले लिबरल दलको सरकार बन्ने अनुमान गरेका थिए । 
प्रधानमन्त्री ट्रुडोले पनि आफू निर्वाचित भएको जानकारी दिँदै निर्वाचन अधिकृतहरूको प्रशंसासहित उनीहरुलाई धन्यवाद दिएका छन् ।
 
अहिले मतगणना भइरहँदा १४१ ठाउँमा उहाँको पार्टीको अग्रता रहेको छ भने विपक्षी दल कन्जरभेटिभ ९९ ठाउँमा अगाडि देखिएको छ । क्यानडामा अहिले ३३८ सिटका लागि निर्वाचन भएको हो । बहुमतका लागि कम्तीमा १७० ठाउँमा जित हासिल गर्नुपर्दछ ।