५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

उजुरी पर्दैमा सबै दोषी ठहरिँदैन: आयुक्त सिलवाल



अ+ अ-

मनाङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोरकुमार सिलवालले अधिकारलाई सही रुपमा उपयोग गर्नुपर्ने बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको आयोजनामा ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनसम्बन्धी अन्तरक्रिया’मा अधिकारको दुरुपयोग गर्ने कार्यको नियन्त्रणमा अख्तियार प्रतिबद्ध रहेको बताउनुभयो ।

“उजुरी विभिन्न किसिमका हुन्छन्, स्थानीय तहलाई प्रत्यायोजन भएको अधिकारको सही उपयोग भएको छ वा छैन र अख्तियार दुरुपयोग भएमा सचेत गराउनाका साथै सूक्ष्म रुपमा अनुसन्धान गरी सही बाटोमा ल्याउन सचेत गराउन आवश्यक रहेको छ,” आयुक्त सिलवालले भन्नुभयो । धेरै प्रकारका उजुरी परे पनि सबै दोषी नठहरिने उहाँको भनाइ छ ।

“हामीले अख्तियारी गर्ने, जनप्रतिनिधिलाई प्रदत्त अधिकारको दुरुपयोग भएको छ वा छैन अनुसन्धान गर्ने हो, दोषी ठहरिएमा कारबाहीको भागिदार हो भनेर प्रमाणित गर्ने जिम्मा अदालतले गर्छ, हामी सहयोगी हौँ,” उहाँले भन्नुभयो, “भ्रष्टाचार नियन्त्रणमा जनप्रतिनिधि सचेत हुनुपर्छ ।” आवश्यक परेको खण्डमा अख्तियारले स्थलगत अनुगमनसमेत गर्ने अधिकार प्राप्त भएको उहाँले बताउनुभयो ।

जिल्ला समन्वय समिति मनाङका प्रमुख यज्ञप्रसाद घलेले सानो जिल्लाको समेत अख्तियारमा उजुरी पर्नु सुखद नभएको बताउनुभयो । घलेले सानो जिल्ला र थोरै जनसङ्ख्या भए पनि विकास निर्माणका कार्यमा उजुरी परेको जानकारी पाएको बताउनुभयो । यसको नियन्त्रणमा जनप्रतिनिधिहरू सचेत भएर भ्रष्टाचारमुक्त मनाङका स्थानीय तह बनाउनतर्फ लाग्नुपर्ने घलेले बताउनुभयो ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव शेरजङ्ग कार्की, अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका कार्यालय प्रमुख पार्वती शर्मा, मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्य, अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले भ्रष्टाचारमुक्त जिल्ला र स्थानीय तह बनाउन जनप्रतिनिधिले मुख्य भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको थियो ।