२१ पुष २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सूर्यदर्शन सहकारी ठगी प्रकरणः हिरासतमा रहेकाको बयान सकियो

काठमाडौँ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका ७ जनाको बयान सकिएको छ । जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा छविलाल जोशी, लीला पछाई, रवि लामिछाने, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ, मिना गुरुङ र आरती गुरुङको बयान सकिएको छ । तीमध्ये आरती गुरुङको अन्तिम बयान आज मंगलबार सकिएको हो ।