५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूर्यदर्शन सहकारी ठगी प्रकरणः हिरासतमा रहेकाको बयान सकियो



अ+ अ-

काठमाडौँ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका ७ जनाको बयान सकिएको छ ।

जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा छविलाल जोशी, लीला पछाई, रवि लामिछाने, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ, मिना गुरुङ र आरती गुरुङको बयान सकिएको छ ।

तीमध्ये आरती गुरुङको अन्तिम बयान आज मंगलबार सकिएको हो । यसअघि पुस ७ मा सातैजनाविरुद्ध १ अर्ब ५१ करोड रुपैयाँ बिगो दाबी गर्दै कास्की अदालतमा पूरक अभियोग दर्ता भएको थियो ।

पुस ८ बाट प्रतिवादीको बयान लिन सुरु गरिएको थियो । आज नै सातजनाको हकमा थुनछेक बहस सुरु हुँदै छ ।

यसअघि २०८० असोज १८ मा १९ जनाविरुद्ध मुद्दा दर्ता भएकोमा हाल ६ जना पुर्पक्षमा कास्की कारागारमा थुनामा छन् । ६३ प्रतिवादीहरुमध्ये जीबी राई, छविलाल जोशी, रवि लामिछाने, लीला पछाई र रामबहादुर खनालविरुद्ध सम्पत्ति शुद्धीकरणमा समेत मुद्दा चलेको छ ।

थुनछेक बहसपछि न्यायाधीश राईको इजलासबाट पुर्पक्षका लागि कारागार चलान गर्ने, धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्ने भन्ने आदेश आउनेछ ।