© 2023
सुर्खेत । सुर्खेत प्रहरीले पाँच किलोभन्दा बढी अफिमसहित एकजनालाई पक्राउ गरेको छ। भेरीगंगा नगरपालिका–१०, छिन्चुबाट जाजरकोटको जुनिचाँदे गाउँपालिका–१० का ४६ वर्षीय जयबहादुर बस्नेतलाई बुधबार पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधिरराज शाहीका अनुसार अफिम कारोबार भइरहेको गुप्त सूचनाको आधारमा निरन्तर निगरानी र अनुसन्धानपछि प्रहरीले बस्नेतलाई पक्राउ