© 2023
रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिकाको कार्यपालिका बैठकमै वडाध्यक्षले शिक्षा शाखा प्रमुखमाथि हातपात गरेका छन् । गाउँपालिकाको वडा नं २ का अध्यक्ष करम हुसेन खानले शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख मधुप्रसाद घिमिरेमाथि हातपात गरेका हुन् । गाउँपालिकामा कार्यरत कर्मचारीहरुले विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाही नहुँदासम्म काममा नफर्कने बताएका छन् ।