© 2023
काठमाडौँ। रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको आफ्नो पहिलो खेलमा पञ्जाब किंग्सलाई २३ रनले पराजित गरेको छ। धर्मशालास्थित हिमाचल प्रदेश क्रिकेट एसोसिएसन स्टेडियममा भएको यस प्रतिस्पर्धामा आरसीबीले प्रस्तुत गरेको २२३ रनको विशाल लक्ष्य पछ्याएको पञ्जाब निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १९९ रनमा समेटियो।