© 2023
काठमाडौं । संवैधानिक राजसंस्था स्थापनाको माग गर्र्दै आन्दोलनरत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सिंहदरबारभित्रै सरकारलाई नराम्रोसँग छक्याइदिएको छ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रै राजतन्त्र पक्षमा नारा लगाएर राप्रपाले चकित बनाइदिएको हो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले केही दिनअघिदेखि नै राजसंस्था पुनस्र्थापनाका लागि निषेधित क्षेत्रमा प्रदर्शन गर्ने चेतावनी दिएका थिए ।