२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पेस्तोल र गोलीसहित २८ वर्षीय युवा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले पेस्तोल र गोलीसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटबाट मेड इन युएसए लेखेको एक थान पेस्तोल र ९ एमएन लेखिएको चार राउन्ड गोलीसहित काठमाडौँ महानगरपालिका–७ का चावहिलका २८ वर्षीय सुलभ भन्ने सुरज श्रेष्ठलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो