© 2023
हेटौँडा । तीन दशक लामो राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीतिबाट राजीनामा दिएर स्वतन्त्र बस्नु भएका मकवानपुरका नेता मधु अधिकारी नेकपा एस अर्थात् नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्नु भएको छ । आइतबार पोखरा पुगेर अधिकारी समाजवादीमा समाहित हुनु भएको हो । उहाँलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले टीका लगाएर स्वागत गर्नु भयो ।