© 2023
काठमाडौं । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी व्यवस्थापनका लागि महानगरपालिकाले अघि बढाएको अभियानमा अवरोध नगर्न प्रतिनिधिसभा सदस्य उत्तम पौडेललाई आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत सांसद पौडेललाई सम्बोधन गर्दै मेयर आचार्यले स्थानीय सरकार सञ्चालन ऐन अध्ययन गर्न आग्रह गर्दै महानगरपालिकाले कानुनविपरीत कुनै काम नगरेको दाबी गरेका छन्।