२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पृथ्वी शाहसहित ६ जना पुर्पक्षका लागि थुनामा

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले ठगी, सार्वजनिक लिखत कीर्ते र संगठित अपराधसम्बन्धी कसूरमा पृथ्वीबहादुर शाहसहित ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार पक्राउ परेका ७ प्रतिवादीमध्ये भक्तपुरकी २४ वर्षीया विनिता तामाङलाई चाहिँ ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको छ ।