६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
निर्वाचनमा ४४ राष्ट्रिय र तीनवटा अन्तर्राष्ट्रिय संस्थालाई पर्यवेक्षण अनुमति

काठमाडौँ । मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा ४४ राष्ट्रिय र तीनवटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिइएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईले कुनै पनि पक्ष र विपक्षमा नलाग्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिइएको जानकारी दिनुभयो ।