© 2023
काठमाडौँ। प्रतिनिधिसभाका सांसदहरुले प्रहरी सङ्गठनलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने विषयलाई कानुनमै व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा ‘नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्ने बनेको विधेयक’ माथि संशोधन प्रस्ताव दर्ता गराउनुहुने सांसदसँगको छलफलका क्रममा सांसद विमला सुवेदीले म्यादी प्रहरीसम्बन्धी व्यवस्थालाई प्रहरी ऐनमै समावेश