१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

‘प्रहरीको सरुवा र बढुवा प्रणालीलाई ऐनमार्फत व्यवस्थित गर्नुपर्छ’

‘प्रहरीको सरुवा र बढुवा प्रणालीलाई ऐनमार्फत व्यवस्थित गर्नुपर्छ’
अ अ+ अ-

काठमाडौँ। प्रतिनिधिसभाका सांसदहरुले प्रहरी सङ्गठनलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने विषयलाई कानुनमै व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा ‘नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्ने बनेको विधेयक’ माथि संशोधन प्रस्ताव दर्ता गराउनुहुने सांसदसँगको छलफलका क्रममा सांसद विमला सुवेदीले म्यादी प्रहरीसम्बन्धी व्यवस्थालाई प्रहरी ऐनमै समावेश गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद शेरबहादुर कुँवरले प्रहरी ऐनमार्फत प्रहरी सेवालाई भरपर्दो, विश्वासनीय, जनताप्रति उत्तरदायी र व्यावहारिक बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “प्रहरी सङ्गठनमाथि भइरहेको राजनीतिक हस्तक्षेप बन्द गर्ने गरी प्रहरी ऐन बनाउनुपर्छ, सरुवा र बढुवा प्रणालीलाई थप व्यवस्थित गर्नुपर्छ ।”

सांसद प्रकाश ज्वालाले प्रहरी ऐनमा प्रहरीको कार्य व्यवस्था र क्षेत्राअधिकार प्रष्ट रुपमा किटान गरेर लेख्नुपर्ने बताउनुभयो ।  सांसद विराजभक्त श्रेष्ठले ट्राफिक प्रहरीलाई थप व्यवस्थित गर्ने गरी प्रहरी ऐन बनाउनुपर्ने धारण राख्नुभयो । प्रहरी सङ्गठनलाई प्रविधिमैत्री बनाउनुपर्ने उहाँको भनाइ छ ।

सांसद सूर्य थापाले प्रहरीको बढुवा ज्येष्ठताको आधारमा हुनुपर्ने बताउनुभयो । राज्य व्यवस्था समितिमा छलफलको क्रममा रहेको प्रहरी विधेयकमा प्रहरीको कर्तव्य र अधिकार, सेवाको गठन, प्रशासन र सञ्चालन, प्रहरी महानिरीक्षकको नियुक्ति, काम, नेपाल प्रहरी सेवाको पदपूर्ति, सरुवा र काज, बढुवा, तलब, भत्ता तथा अन्य सुविधा, अवकाश, उपदान तथा निवृत्तीभरण, आचरण र विभागीय सजाय तथा पुनरावेदन समावेश गरिएको छ । सो विधेयकमा ७४ जना सांसदहरुले संशोधन राख्नुभएको छ ।  रासस