© 2023
काठमाडाैँ । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो। चार्टर्ड एकाउन्टेन्ट पृष्ठभूमिका साह यसअघि नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिसकेका छन्। निगमको नेतृत्वका लागि भएको प्रतिस्पर्धामा उनी अन्तिम रूपमा छनोट भएका

उनी निगमका सबैभन्दा वरिष्ठ कर्मचारी हुन् र अर्थ तथा कर्मचारी प्रशासन विभागको नेतृत्व गर्दै आएका थिए।