© 2023
डडेल्धुरा। स्वास्थ्य मन्त्री प्रदीप पौडेलले डडेल्धुरा अस्पतालमा सुरु भएको डायलाइसिस सेवाको आज उद्घाटन गर्नुभएको छ । आज एक कार्यक्रमबीच उहाँले अस्पतालको अनुगमन तथा निरीक्षण समेत गर्नुभयो । सङ्घीय सरकार मातहत रहेको डडेल्धुरा अस्पतालमा डायलाइसिस सेवा सञ्चालन भएपछि सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाका मिर्गौलाका बिरामीलाई धनगढी धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।