© 2023
काठमाडौँ। चिकित्सा शिक्षा आयोगको १६औँ बैठकले आवासीय चिकित्सकलाई सङ्घीय सरकारको आठौँ तह सरहको रु ४८ हजार ७३७ निर्वाह भत्ता दिनेभनी गरेको निर्णय तत्काल लागू गर्नुपर्ने नेपाल चिकित्सक सङ्घले माग गरेको छ । चिकित्सा शिक्षा आयोगको यही वैशाख ३ गतेको बैठकले सिट पुनरावलोकनका साथै शुल्क समायोजनसम्बन्धी कार्यदल गठन गरेको थियो ।

आन्दोलनरत् चिकित्सक र सरकारबिच वार्ता जारी रहेको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा गृहमन्त्रालयमा वार्ता चलिरहेको हो ।

चिकित्सकहरुले माइतीघरमा विरोध प्रदर्शन गर्दै उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको राजीनामा मागेका छन् ।

आन्दोलनरत चिकित्सकहरुले आज देशभरका स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् ।

चिकित्सकहरुको आन्दोलनका कारण वीरलगायत विभिन्न अस्पतालमा आज आकस्मिक सेवाबाहेक सबै सेवा ठप्प छन् । सेवा ठप्प भएको विरोधमा विरामी र