© 2023
रुपन्देही । लुम्बिनी प्रदेशको मुख्यन्यायाधिवक्तामा अधिवक्ता खुमकान्त पौडेल नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री लीला गिरीको सिफारिसमा पौडेललाई नियुक्त गरेका हुन् । लुम्बिनी प्रदेश कानून आयोगका पूर्वसदस्यसमेत रहेका पौडेलले आइतबार नै शपथ लिने कार्यक्रम रहेको छ । उनी नेकपा एमालेको पार्टी केन्द्रीय निर्वाचन कमिटी सदस्य पनि हुन् ।