३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

खप्तड आउने पर्यटकका लागि आवास गृह बनेन

खप्तड आउने पर्यटकका लागि आवास गृह बनेन
अ+ अ-

डोटी । सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीयस्थलका रुपमा रहेको खप्तड राष्ट्रिय निकुञ्जमा पर्यटकको आवास सुविधा तथा सहजताका लागि निर्माण गरिने भनिएका आठ भवन दुईवर्ष बित्दासमेत बन्न सकेका छैनन् । कम्तीमा पनि १५० पर्यटकलाई सुविधायुक्त तरिकाले बस्न मिल्ने भवन निर्माण गर्न दुई वर्षअघि नै निर्माणको प्रक्रिया सुरु भएको भए पनि अहिलेसम्म भवन निर्माण हुनसकेका छैनन् ।

सात महिनाभित्र निर्माण सम्पन्न गरिसक्ने भन्दै विसं २०७६ पुसमा निकुञ्जले प्रिफ्याब प्रविधिमा आधारित आठ भवन निर्माणका लागि ठेक्का प्रक्रिया सुरु गरेको थियो  । डोटीको सिलगढीबाट खप्तड घुम्न आउँदा बास बस्ने ठाउँ बीचपानीमा तीन र खप्तड ब्यारेक नजिक पाँच गरी आठ भवन निर्माणका लागि ठेकेदार कम्पनी टिडिआर एन्ड बीजी जेभीको ठेक्का विसं २०७६ चैतमा स्वीकृत भए पनि कोरोना महामारीका कारण विसं २०७७ असारमा मात्रै सोही वर्ष माघ मसान्तसम्म कार्यसम्पन्न गर्ने सर्तमा सम्झौता भएको थियो ।

विभिन्न कारण देखाएर ठेकेदार कम्पनीले तोकिएको समयमा कार्यसम्पन्न गर्न नसकेपछि विसं २०७८ भदौमा निकुञ्ज विभागले ठेक्का सम्झौताको म्याद विसं २०७८ चैतसम्म थप गरेको थियो । चैतसम्म म्याद थप्दासमेत ठेकेदार कम्पनीका तर्फबाट उक्त भवन बन्ने कुनै छाँट नदेखिएको खप्तड राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत गोपाल घिमिरेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिलेसम्म जम्मा १० प्रतिशत मात्रै काम भएको छ, अरु केही काम नै भएको छैन्, काम सम्पन्न गर्न पटक–पटक पत्राचार गर्दा पनि काम गर्न आउदैनन्, अब ठेकेदार कम्पनीलाई कारबाही गर्नुको विकल्प छैन ।” नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०७५/७६ मा खप्तडमा सुविधायुक्त भवन निर्माणका लागि विनियोजन गरेको रु पाँच करोडमध्ये टिडिआर एन्ड बीजी जेभी कम्पनीसँग मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक रु चार करोड १३ लाखमा ती भवन निर्माणको ठेक्का सम्झौता भएको निकुञ्ज कार्यालयले जनाएको छ ।

ठेकेदार कम्पनीले ठाउँ तथा भौगोलिक अवस्थाका बारेमा पूर्व जानकारी नै नलिएर ठेक्का लिएका कारण अहिले काम गर्नमा समस्या भएको खप्तड राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सुनिल चौधरीले जानकारी दिनुभयो । पर्यटकका लागि आवासगृह निर्माण नभएका कारण यहाँ आउने पर्यटकलाई बास बस्नका लागि निकै समस्या हुँदै आएको स्थानीयवासी बताउँछन् । भवन नभएका कारण खप्तड भ्रमणका लागि आउने गरेका सयौँ पर्यटक भने चिसोले कठ्याङ्ग्रिएर रात बिताउन बाध्य हुने गरेका खप्तड प्रवेशमार्ग झिग्रानामा घरबास सञ्चालन गरी रहनुभएका व्यवसायी दीपकबहादुर खड्काले बताउनुभयो ।

ठेकेदार कम्पनीका प्राविधिक सुनिल कुँवरले भवनको डिजाइन नै गलत भएका कारण समय मै निर्माण सम्पन्न गर्न नसकिएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “भवनको ट्रस्टको डिजाइन नै हिमाली क्षेत्रका लागि अनुपयुक्त हुने खालको रहेछ, हामीले डिजाइन पुनरावलोकनका लागि विभागमा अनुरोध गरेका छौँ, डिजाइन स्वीकृत नभएका कारण निर्माणमा ढिलाइ भएको हो ।” ठेकेदार कम्पनीले डिजाइनमा त्रुटी भएको जिकिर गरीरहेको भए पनि विभागले भने ठेकेदार कम्पनीले काम गर्न नसक्ने भएकाले खाली बाहना मात्रै निकालेको दाबी गर्दै आएको छ । रासस