२५ भाद्र २०८३, बिहीबार
,
Latest
उद्योगीलाई लाञ्छित गर्ने मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक : महासंघ प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार… एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य जलवायु परिवर्तनको विषयलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल गृहमन्त्रीको पत्रकारविरोधी अभिव्यक्ति फिर्ता लिन मानव अधिकारकर्मीको माग राप्रपा महाधिवेशनको तयारी तीव्र, ४४ जिल्लामा अधिवेशन सम्पन्न तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै नर्वेका जनप्रिय राजा हेराल्ड पाँचौँलाई आँसु र राजकीय सम्मानका साथ बिदाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय फुटबल टिमको कप्तानको जिम्मेवारी नवयुगलाई



अ+ अ-

काठमाडौं । राष्ट्रिय फुटबल टिमको कप्तानमा नवयुग श्रेष्ठ नियुक्त भएका छन् ।

मंगलबार राष्ट्रिय फुटबल टिमको बिदाइ गर्दै एन्फाले कप्तानको जिम्मेवारी श्रेष्ठलाई दिएको जनाएको छ ।

प्रशिक्षकसँगको विवादमा सिनियर ११ खेलाडी टिम बाहिर रहेपछि नवयुगले कप्तानको जिम्मेवारी पाएका हुन् ।

यसअघि राष्ट्रिय फुटबल टिममा कप्तानको रुपमा किरण चेम्जोङ रहँदै आएका थिए । रोहित चन्द सहित १० खेलाडीको कदममा किरणले समेत समर्थन जनाएका थिए ।

यसैगरी,एएफसी एसियन कप छनोट खेल्न कुवेत जाने नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाइ पनि गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार साँझ नेपाली टोलीलाई बिदाइ गरेको हो ।

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज, एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले खेलाडीलाई बिदाइ गरेका थिए ।