५ पुष २०८२, शनिबार
,
Latest
बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

विजय सुवेदीसँग ८४९४ मतको अग्रता बनाउँदै रेणु



अ+ अ-

चितवन । चितवनको भरतपुर महानगरपालिकामा ९८ हजार ६ मत गणना हुँदा प्रमुख पदमा पाँचदलीय गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी रेणु दाहालले ८ हजार ४९४ मतको फराकिलो मतान्तर कायम गरेकी छन् ।

रेणुने ३८ हजार ६५५ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३० हजार १६१ मत पाएका छन् ।

स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले १२ हजार ६४१ मत ल्याएका छन् ।

यस्तै, उपप्रमुखमा गठबन्धनबाटै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ४० हजार ९०० मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का हिमला गुरुङले २३ हजार ८७३ मत प्राप्त गरेकी छन् ।