२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा बलात्कार पीडितलाई न्‍याय माग्दै धर्ना -फोटो फिचर



अ+ अ-

काठमाडौँ । ‘अकुपाइ बालुवाटार’ नामक अभियान चलाएर युवाहरुले आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा बलात्कृत युवतीलाई न्याय दिनका लागि दबाब दिन प्रधानमन्त्री निवास बालुवाटार अगाडि धर्ना दिएका छन् । युवाहरुले स्वतः स्फूर्तरुपमा भेला भई धर्ना दिएका हुन् ।

पीडित युवतीले बुधबार सामाजिक सञ्जाल टिकटकमा सौन्दर्य प्रतियोगिताका एक सञ्चालकले आफूलाई लठ्ठिने चिज भएका पेय पदार्थ खुवाएर बलात्कार गरेको सार्वजनिक गरेकी थिइन् ।

शुक्रबार साँझ सामाजिक सञ्जालमा ‘अकुपाइ बालुवाटार’ कार्यक्रमको आह्वान गरिएको थियो । सामाजिक सञ्जालमा पीडित युवतीको मनोबल कमजोर हुन नदिन र आरोपित व्यक्तिलाई सजाय दिन सो कार्यक्रमको आह्वान गरिएको थियो ।




भर्खरै