२३ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढी प्रभावित क्षेत्रको सभामुख अर्यालद्वारा स्थलगत निरीक्षण सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली महिला क्रिकेट टोली फेरि पराजित, युगान्डाले जित्यो शृंखला



युगान्डाली महिला क्रिकेट टोली
अ+ अ-

काठमाडौंः युगान्डाले नेपाली राष्ट्रिय महिला क्रिकेट टोली विरुद्धको टी–ट्वान्टी अन्तर्राष्ट्रिय शृंखला जितेको छ । बिहीबार भएको शृंखलाको तेस्रो खेलमा युगान्डाले नेपाललाई ६ विकेटले पराजित गरेको हो ।

त्रिवि क्रिकेट मैदानमा नेपालले जितका लागि दिएको १०० रनको लक्ष्य पछ्याएको युगान्डाले १८.२ ओभरमा ४ विकेट गुमाएर १०१ रन बनायो ।

युगान्डाका लागि केभिन विनोले सर्वाधिक ४२ रनको योगदान गरिन् । त्यस्तै जनेत बाबाजीले २७ रन बनाइन् ।

बलिङतर्फ नेपालका लागि कविता कुँवरले दुई विकेट लिइन् । त्यस्तै रुबिना क्षेत्री र इन्दु बर्माले एक–एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९९ रन मात्र बनाएको थियो ।

नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक ४७ रनको योगदान गरिन् । ५४ बल खेलेकी उनले ५ चौका प्रहार गरिन् । नेपालका लागि कप्तान रुविना क्षेत्रीले १६ रन बनाइन् भने सीता रानामगरले १२ रनको योगदान गरिन् ।

यो जितसँगै युगान्डाले पाँच खेलको शृंखला दुई खेल अगावै ३–० ले जितेको छ । दुई टोली बीचको चौथो टी–ट्वान्टी भोलि शुक्रबार हुनेछ ।