१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोकुल बास्कोटाको गृहनगरमा गठबन्धन विजयी



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाको गृहनगर मण्डनपुर नगरपालिकामा सत्ता गठबन्धन विजयी भएको छ । गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का प्रमुख पदमा उम्मेदवार टोकबहादुर वाइबा नौ हजार ४०६ मतसहित निर्वाचित भएका हुन् ।

वाइबा यसअघिको निर्वाचनमा पनि सो नगरको प्रमुखमा निर्वाचित भएका थिए । उनी एकीकृत समाजवादीका काभ्रे जिल्लाका अध्यक्षसमेत हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विदुरप्रसाद सापकोटाले आठ हजार ३५१ मत प्राप्त गरे ।

सो नगरको उपप्रमुख पदमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका विष्णुमणी नेपाल ११ हजार ३०५ मत ल्याई निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी एमालेकी सरिता ढकालले छ हजार ९२४ मत पाइन् ।