५ पुष २०८२, शनिबार
,
Latest
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनमत पार्टीको अर्को जित



अ+ अ-

राजविराज । सिके राउत नेतृत्वको जनमत पार्टीले स्थानीय तह निर्वाचनमा अर्को जित हासिल गरेको छ । सप्तरीको बलान बिहुल गाउँपालिका अध्यक्षमा सो पार्टीका उम्मेदवार खेमचन्द्र यादव निर्वाचित भएका हुन् । सप्तरी राउतको गृहजिल्ला पनि हो ।

यादवले दुई हजार ९९४ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार नवीनकुमार झाले दुई हजार २४७ मत प्राप्त गरे । सो गाउँपालिकाको उपाध्यक्षमा पनि जनमत पार्टीका उम्मेदवार निर्वाचित भएका छन् ।

जनमत पार्टीकी रेणु यादव दुई हजार ६९० मत प्राप्त गरी निर्वाचित भइन् । उनका प्रतिद्वन्द्वी कांग्रेसकै आशादेवी मण्डलले दुई हजार ३०४ मत ल्याइन् ।

यसअघि जनमत पार्टी सप्तरीकै हनुमाननगर कंकालिनी नगरपालिका प्रमुखमा विजय भएको थियो । सो नगरपालिकामा जनमत पार्टीका वीरेन्द्र माझी निर्वाचित भएका छन् ।